स्कारपियो दुर्घटनामा २ को मृत्यु ३ जना घाइते

बाजुरा | मंसिर २३, २०८१

स्कारपियो दुर्घटनामा २ को मृत्यु ३ जना घाइते सांकेतिक तस्बिर

बाजुरा:    जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा १ जनाको घटनास्थलमा र १ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।


बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
    

घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।


दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उहाँले बताउनुभयो ।  


उहाँले दिएको जानकारीअनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । 


घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भन्दै प्रनाउ गिरीले उहाँहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको जानकारी दिनुभयो । 

जिप दुर्घटना हुँदा ७ जना घाइते 

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो । 


धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
   

घाइते सबैको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पठाइएको छ । गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्